काठमाण्डौं । प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले काठमाडौंमा ७१ दिनदेखि फोहोर उठ्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । उनले काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र साहलाई फोहोर उठाउने सन्दर्भमा सरकारको भर नपर्न सुझाव दिए । प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद भट्टराईले यस्तो सुझाव दिएका हुन् । उनले एमाले सहयोग गर्न तयार रहेको भन्दै ठोस प्रस्तावसहित एमालेसँग सम्वादमा आउनका लागि मेयर साहलाई आग्रह पनि गरे ।
























