काठमाडौं । वन नियमावली २०७९ तत्काल खारेज गर्नुपर्ने भन्दै सामूदायिक वन उपभोक्ता महासंघ, नेपालले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
वन तथा वातावरण मन्त्रालयबाट २०७९ असार १९ गते राजपत्रमा प्रकाशित वन नियमावली २०७९ नेपालको संबिधान, संघियता, वन ऐन २०७६, सामुदायिक वन अधिकार र महिला अधिकार बिरोधी भएको भन्दै महासंघले वन नियमावली खारेज गर्नुपर्ने माग सहित काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।
वन क्षेत्रमा योगदान पुराउने सामुदायिक वन उपभोक्ताहरुलाई मारमा पार्नेगरि नियमावली ल्याएकाले निरन्तर विरोध गर्नुपरेको महासंघकी अध्यक्ष भारती पाठकले बताएका छन् । समुदायिक वन उपभोक्ताको अधिकारी कटौती भएको बिषयमा पटक पटक राज्यको ध्यानाकर्षण गराउदा पनि नसुनिएको उनको भनाई छ ।
उक्त नियमावली तत्काल खारेज गराउनका लागि सामुदायिक वन उपभोक्ता महासंघले जिल्ला, प्रदेश तथा केन्द्रीयस्तरमा विभिन्न आन्दोलनका कार्यक्रमहरु गर्दै आएको जनाएको छ ।