काठमाडौं । निर्वाचन आयोगले निर्वाचनमा मतपत्र बदर हुन नदिन मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने जनाएको छ ।
मंगलबार आयोगमा स्थानीय तह निर्वाचन, २०७९ प्रचार प्रसार तथा मतदाता शिक्षा कार्यक्रम प्रगति समीक्षा कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यसअघिका कमी कमजोरीलाई हटाउदै मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने बताए ।
सरकारी सञ्चार माध्यमसंगको छलफलका क्रममा मतदाता शिक्षालाई थप प्रभावकारी बनाउनका लागि सुझाव लिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
त्यस्तै उनले आयोगमा दर्ता भएका ११६ दललाई आगामी निर्वाचनमा भाग लिनका लागि पुन दर्ता गर्न आह्वान गरेको जानकारी दिएका छन् । प्रवक्ता पौडेलले दुई वा दुई वटाभन्दा बढि दलहरु एउटै निर्वाचन चिन्हमा लड्ने हो भने केन्द्रीय समितीको निर्णयका साथ निवदेन दिनुपर्ने बताएका छन् ।
उनले आगामी निर्वाचनको तयारी तीव्रताका साथ अघि बढेको धारणा राखे । आगामी मंसिर ४ गते प्रदेश र संघको निर्वाचन हुँदैछ ।