काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धन गर्ने सत्तारुढ दलहरुको निर्णय अराजनीतिक भएको बताएका छन् ।
आफ्ना नीतिमाथि विश्वास र भरोसा नभएका राजनीतिक दलहरुले मात्रै निर्वाचनमा गठबन्धन गर्ने जिकिर गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।
मंगलबार निर्वाचन आयोगमा दल दर्ताका लागि पुगेका उनले पत्रकारहरुको प्रश्नको जवाफ दिँदै सरकार निर्माणका क्रममा बहुमतका लागि गठबन्धन गर्नु उचित भए पनि चुनावअघि नै गठबन्धन गर्नु उचित नहुने बताए ।
महासचिव पोखरेलले सत्तारुढ गठबन्धनसँग कुनै नीति, उद्देश्य र लक्ष्य नभएकाले आफ्नो स्वार्थका लागि जे गर्न पनि तयार भएको बताए ।
महासचिव पोखरेलले एमाले भने आफ्नो नीतिका आधारमा अघि बढ्ने र आफ्नो नीतिसँग सहमत हुनेहरुसँग चुनावी तालमेल गर्ने जिकिर गरे ।