काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बिहीबार दिउँसो १ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।
यद्यपि बैठकका कार्यसूचीबारे भने मन्त्रीहरुलाई जानकारी गराइएको छैन् । बुधबार बसेको सत्तारूढ पाँच दलीय गठबन्धनले आगामी ४ मंसिर गते आमनिर्वाचन गर्ने सहमति गरेको थियो ।
यसअघि निर्वाचन अयोगले २ मंसिरमा निर्वाचन आयोगले आगामी मंसिर २ गते प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन एकै चरणमा गर्न सकिने सुझाव सरकारलाई दिएको थियो । आयोगले दिएको भन्दा २ दिनपछि चुनाव गर्ने सत्ता गठबन्धनको सहमति छ ।
गठबन्धनमा आगामी फागुनसम्म निर्वाचन सार्नेबारे पनि कुरा भएको थियो । तर, मंसिर १० को समयावधिभित्र परिणाम सार्वजनिक गर्ने गरी निर्वाचन तयारी भएको हो । तर दलहरूबीच संसद्को आयुलाई लिएर भने विवाद छ ।

























