काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव सहित नेताहरूविरुद्ध अनुचित खालका मुद्दाहरू लगाएको बताएका छन् ।
बुधबार दाङको तुलसीपुरमा प्रेस चौतारी नेपाल दाङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताए । उनले अनुचित मुद्दा लगाउन नहुने बताए ।
उनले विप्लव नेतृत्व पार्टीलाई केपी शर्मा ओली नेतृत्व सरकारले मूल धारको राजनीतिमा ल्याएको भन्दै उनीहरूमाथि अनुचित मुद्दाहरू लगाउने खालको कुरा उचित नहुने पनि प्रष्ट पारे । उनले पुराना घटनाका आधारमा मुद्दा चलाउने कुरा उचित नभएको बताए ।

























