काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद यज्ञराज सुनुवारले नेपाली काँग्रेसको विद्यार्थी संगठन (नेविसंघ) को नाम परिवर्तन गरी विश्वविद्यालय बिगार्ने संघ राख्न राख्नुपर्ने बताएका छन् ।
मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नेपाल विद्यार्थी संघको नाम परिवर्तन गरी विश्वविद्यालय बिगार्ने संघ राख्न सुझाव दिए ।
उनले नेविसंघकै कारण अहिले त्रिभुवन विश्वविद्यालयको दुर्दशा भइरहेको भन्दै शिक्षा ग्रहण गर्ने ठाउँमा जुन समयमा पनि तालाबन्दी भइरहेको बताए ।
उनले तालाबन्दी गर्ने मानिसहरु कुनै विद्यार्थी संगठनहरु नभइ नेविसंघको पहलमा बाहिरबाट भइरहेको आएको आरोप लगाए ।
सांसद सुनुवारले साउन १३ गतेबाट विश्वविद्यालय पुनः अस्तव्यस्त बनेको भन्दै विश्वविद्यालयलाई अराजकताको केन्द्र बनाइएको बताए । उनले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु अहिले ४० माथिका भएको भन्दै पाका विद्यार्थी थुपारेर प्रधानमन्त्री शेरबहादुर देउवाको पार्टीले विश्वविद्यालय अस्तव्यस्त बनाएको बताए ।

























