काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन घोषणापछि सरकार पनि विघटन गर्नुपर्ने बताएका छन् । स्वतन्त्र र निष्पक्ष निर्वाचन होस् भन्नका लागि सरकार समेत विघटन गरेर स्वतन्त्र चुनावी सरकार बनाउनुपर्ने उनको भनाइ छ ।
मंगलबार उनले फेसबुकमा लेखेका छन्, ‘निर्वाचन घोषणापछि पनि संसदलाई निरन्तरता दिने होइन बरु निर्वाचन स्वतन्त्र, निष्पक्ष होस् भन्नका लागि सरकार समेत विघटन गरेर स्वतन्त्र चुनावी सरकार गठन गर्नु उपयुक्त हुन्छ । सरकारलाई जनता र प्रजातन्त्रमा विश्वास भए सरकार विघटन गरेर स्वतन्त्र चुनावी सरकार बनाउने दिशामा अघि बढ्नुपर्ने लिङ्देनको भनाइ छ ।


























