काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले जनसरोकारका विषयमा आज काठमाडौँमा वृहत् जनप्रदर्शन गरेको छ । सरकारले महँगी नियन्त्रणमा कुनै कदम नचालेको भन्दै सडकमा उत्रिएर एमालेले विरोध गरेको हो ।
मुलुकमा महँगी, भ्रष्टाचारलगायतका गतिविधि बढेको भन्दै सोको विरोधमा राजधानीका विभिन्न स्थानबाट -याली सुरु भएको हो । जनप्रदर्शन आयोजक कमिटीका कृष्णगोपाल श्रेष्ठका अनुसार जनप्रदर्शन दिउँसो वसन्तपुरमा मिसिएर भित्री सहर प्याफल, नरदेवी, बाङ्गेमुढा, असन, भोटाहिटी हुँदै शान्तिबाटिकामा पुगेर समापन सभामा परिणत हुनेछ ।
जनप्रदर्शनमा पार्टीका काठमाडौँ उपत्यकाका भूगोलका तीन जिल्ला, उपत्यका विशेष प्रदेश र त्यसअन्तर्गतका चार जिल्ला, सम्पर्क कमिटी, जनवर्गीय सङ्गठन, सांसदहरू, पार्टीको केन्द्रीय विभागको सहभागिता रहने छ ।








































