काठमाडौं । नेपाल रेडक्रस सोसाइटी राष्ट्रिय भेलाका क्रममा एक समूहले विरोध प्रदर्शन गरेका छन् ।
रेडक्रस सोसाइटीले मंगलबार काठमाडौंमा वर्तमान सन्दर्भमा नेपाल रेडक्रस सोसाईटीको समस्या र भावी मार्गचित्र बिषयमा छलफल गर्न राष्ट्रिय भेला आयोजना गरेको थियो । तर असन्तुष्ट पक्षले रेडक्रसभित्र विधिको शासन कायम लागू गर, रेडक्रसलाई निजी कम्पनी नवनाउ, अदालतको आदेश पालना गर लगाएतका प्लेकार्ड देखाउदै प्रदर्शन गरेका हुन् ।
सरकारले जेठ ३१ गते सुदर्शनप्रसाद नेपालको अध्यक्षमा ३३ सदस्यीय तदर्थ समिति गठन गरेको थियो । उक्त निर्णयप्रति निवर्तमान अध्यक्ष डा. नेत्रप्रसाद तिम्सिना पक्ष अदालत गएको थियो । सोसाइटीका अध्यक्ष नेपालले अदालतलाई देखाउदै अर्को पक्षले सोसाइटीको काममा अवरोध सिर्जना गर्दै आएको आरोप लगाएका छन् ।
यसअघि दुवै पक्षबीच रेडक्रस सोसाइटीको कार्यालयमा पनि पटक पटक विवाद हुँदै आएको छ ।

























