काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीको आईजीपीमा धिरजप्रताप सिंहलाई गरिएको नियुक्त सदर गरेको छ । एआईजी विश्वराज पोखरेलले सिंहको नियुक्ति कानुनसम्मत नभएको दावी गर्दै दायर गरेको रिट कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुँडालको संयुक्त इजलासले खारेजको फैसला गरेको हो ।
शुक्रबार सकिएको सुनुवाइपछि एआईजीपी विश्वराज पोखरेल र अवकाशमा गइसकेका तीन डीआईजीको पनि रिट खारेजको निर्णय लिएको हो।
पोखरेलले आफूभन्दा डेढ वर्ष जुनियरलाई आईजीपी नियुक्त गरेको भन्दै मुद्दा दायर गरेका थिए ।
आफू साउन २० गते अनिवार्य अवकाशमा जाने भएकाले पनि त्यसअघि नै रिटको टुंगो लगाइदिन एआईजी पोखरेलले आग्रह गरेका थिए । तर अढाई महिनाअघिको रिटमा टुंगो नलाग्दा उनी निराश हुन पुगेका छन् ।
पोखरेल आईजीपी नियुक्तिप्रति असन्तुष्टि जनाउँदै त्यसयता काममा फर्किएका छैनन् । साउन २० गते अनिवार्य अवकाश पाउने पोखरेलले राजीनामा दिने सम्भावना देखिएको छ ।
























