काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा भीषण आगलागी भएको छ । भृकुटीमण्डपको पुरानो सिनेमा हल नजिकै एक गोदाममा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीका अनुसार भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा आगलागी भएको हो । आगलागी भएको खबर आउनेबित्तिकै काठमाडौं महानगरपालिकाको दमकल त्यहाँ पुगेको थियो ।
ललितपुर महानगरबाट पनि दमकल बोलाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराले केही अघि मात्रै आगलागी भएको र निभाउने कार्य जारी रहेको बताए ।
अहिले दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगलागी कसरी सुरु भयो भन्ने खुलेको छैन ।





























