काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले मूल्यवृद्धि विरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ ।
बिहीबार काठमाडौंको नयाँ बानेश्वरमा युवा संघले मसाल जुलुस निकालेर प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा सरकारी गाडी तोडफोड भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा केहिबेर प्रहरी र प्रदर्शनकारबीच झडप भएको छ । झडपका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् । उनीहरुको वानेश्वरस्थित एभरेष्ट अस्पतालमा उपचार भइरहेको बताइएको छ । प्रदर्शनकारीले मूल्यवृद्धि फिर्ता गर, प्रधानमन्त्री राजीनामा दे लगाएतका नारा लगाएका थिए ।
सरकारले पेट्रोलियम पदार्थमा चर्को मूल्यवृद्धि गरेको भन्दै युवा संघ आन्दोलनमा उत्रिएको हो । संघले देशका सरकारी कार्यालयका ढुलासुस्ती, भ्रष्टाचार, वेथितिविरुद्ध चरणवद्ध आन्दोलन गर्ने पनि जनाएको छ ।
























