काठमाडौं । तत्काल मल उपलब्ध गराउनुपर्ने माग गर्दै किसानहरुले माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित पाँच कम्युनिस्ट घटक समर्थित किसान संगठनहरुले बुधबार माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।
हाल भइरहेको रासायनिक मलको अभाव, पेट्रोलियमको मूल्यवृद्धि, बढ्दो महँगीलगायत रासायनिक मलमा भइरहेको कालोबजारीको नियन्त्रण गर्न माग राख्दै उनीहरुले संयुक्त किसान आन्दोलन गरेका हुन् ।
प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले हातमा धानको बिउ बोकेर सरकारविरुद्ध नाराबाजी गरेका हुन् ।