काठमाडौं । लोसपाकी सांसद चन्दा चौधरीले स्थानीय चुनावका बेला आफुमाथि भएको आक्रमण गर्नेमाथिको कारवाहीको प्रक्रियाका बारेमा सरकारसंग जानकारी माग गरेकी छिन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद चौधरीले आफ्नै घरमा गठबन्धनका कार्यकर्ताले आफ्नो हत्या प्रयास गरेको र ८० वर्षकी आमामाथि दुव्र्यवहार गरेको भन्दै आक्रमण गर्नेमाथिको कारवाहीको प्रक्रियाका बारेमा गृहमन्त्रीसंग जानकारी माग गरेकी हुन ।
त्यस्तै २७ वर्षदेखि आफ्नो घरमा आक्रमण भएको र आफ्नो दाईलाई कांग्रेसमा रहेका बेला बेपत्ता पारिएको उनले बताएकी छिन । आफ्नो परिवारमाथि आक्रमण गर्ने कानूनसम्वत दोषिलाई कारवाही गरि आफुलाई न्याय दिन माग गरेकी छिन् ।
उनले आफुमाथि भएको आक्रमणको प्रयासपछि ४० मिनेटपछि उद्दार गरिएको समेत बताएकी छिन् ।
























