काठमाडौं । १०औं नेपाल अफ्रिका फिल्म फेस्टिबल २०२२ मा अन्तर्राष्ट्रिय विधातर्फ करिम ताजोआउट निर्देशित मोरक्कोको फिल्म ‘घोष्ट अफ स्पेशटाइम’ ले उत्कृष्ट लघु चलचित्रको अवार्ड र सेकोउ त्राओरी निर्देशित बुर्किना फोसोको फिल्म ‘आई अफ द स्ट्रोम’ले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । सो अवार्ड प्रदान गर्दै तीनदिने महोत्सव सकिएको छ ।
यस्तै राष्ट्रियतर्फ कृषा चौलागाईंको चलचित्र ‘ऐना’ले उत्कृष्ट लघु चलचित्र र माधवराज खरेलको चलचित्र ‘कुइनेटो’ले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । कुइनेटोबाटै अभिनेता श्रीदेव भट्टराईले जुरीतर्फको अवार्ड र जीवन पराजुलीले उत्कृष्ट छायाँकारको अवार्ड हासिल गरेका छन् । महोत्सवमा लघु चलचित्र ऐनाबाट कृषाले क्रिटिक्सतर्फको उत्कृट निर्देशक अवार्ड र ऐनाबाटै भुपेन्द्र अधिकारीले उत्कृष्ट सम्पादकको अवार्ड जितेका छन् ।
महोत्सवमा उत्कृष्ट निर्देशकको अवार्ड चलचित्र राईजबाट ऋषिराज आचार्यले हासिल गरे । राईज चलचित्रबाटै गजित विष्टले उत्कृष्ट अभिनेताको अवार्ड, सरिता भारतीले उत्कृष्ट अभिनेत्रीको अवार्ड, तुलसीप्रसाद श्रेष्ठले उत्कृष्ट खलनायकको अवार्ड, रिना अवालेले उत्कृष्ट हेयर स्टाइलको अवार्ड प्राप्त गरे ।
यस्तै उत्कृष्ट स्कृप्ट राइटिङको अवार्ड पुरुषात्तम बस्नेतले चलचित्र गरिमाबाट, उत्कृष्ट सहअभिनेताको अवार्ड केडी प्रसितले चलचित्र ‘थर्ड आई’ बाट प्राप्त गरेका छन् ।
चलचित्र ‘द ब्लाक कर्नर’बाट निर्देशक लक्षु गौतमले उत्कृष्ट निर्देशनतर्फको जुरी अवार्ड, चलचित्र ‘शंका’ बाट सुमन दाहालले उतकृष्ट ‘सोसियल म्यासेज फिल्म’को अवार्ड प्राप्त गरे ।
यसैगरी कार्यक्रममा चलचित्र द डटरबाट राजेन्द्र बजगाईंले उत्कृष्ट व्याक ग्राउण्ड म्युजिक निर्देशनको अवार्ड, द डटरबाटै रेनिश फागोले उत्कृष्ट कलर करेक्सनको अवार्ड जित्नुभयो । द डटर चलचित्रबाटै इनु थापाले उत्कृष्ट कस्ट्युम डिजाइनको अवार्ड प्राप्त गरे ।महोत्सवमा स्टुडेन्ट फिल्मको प्रतिस्पर्धामा सनोल दाशको चलचित्र ‘झोल’ उत्कृष्ट भएको छ ।
आइतबारबाट काठमाडौंको नाचघरमा सुरु भएको तीन दिवसीय नेपाल अफ्रिका फिल्म फेस्टिभल २०२२ मंगलबार बेलुका अवार्ड प्रदान गर्दै सकिएको छ ।