मकवानपुर। बागमती प्रदेशसभाको बैठक अवरुद्ध भएको छ । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठक सुरु भए लगत्तै एमालेका सांसदले उठेर विरोध जनाका थिए । सभामुख सानुकुमार श्रेष्ठले एमालेका मुख्य सचेतक दीपक निरौलालाई आफ्ना भनाइ राख्न समय उपलब्ध गरापछि उनले पशुपन्छी तथा मत्स्य विकास केन्द्रका तीन कर्मचारीलाई वर्तमान सरकारले आफू अनुकूल नभएकाले सरुवा गरेको भन्दै विरोध जनाएका थिए । घटनाको सत्य तथ्य छानबिन गर्न सर्वपक्षीय छानबिन समिति गठनको प्रक्रिया अघि नबढाउञ्जेल संसद्मा अवरोध कायमै राख्ने चेतावनी मुख्य सचेतक निरौलाले दिएपछि सभामुख श्रेष्ठले बैठक १० मिनेटका लागि स्थगन गरेका थिए । बैठक अझै चल्न सकेको छैन ।
























