काठमाडाैं । नेपालमा फेरि बर्डफ्लु संक्रमण पुष्टि भएकाे छ । मोरङ जिल्लाको ग्रामथान-१ खुनियाकट्टा र बुढिगंगा -५ मा बर्डफ्लु देखिएको पशु सेवा विभागले पुष्टि गरेकाे हाे ।
कुखुरामा फेला परेकाे बर्डफ्लु रोग (एच फाइभ एन वान, एच फाइभ एन वान) पुष्टि भएको पशु सेवा विभागले जनाएको छ ।
विभागले सोमबार एक विज्ञप्ति जारी गर्दै बर्डफ्लू नियन्त्रणका लागि नियमित रूपमा सघन रोग सर्भिलेन्स, नमुना संकलन तथा प्रयोगशाला परीक्षणको कार्यक्रम सञ्चालन भइरहेकाे जानकारी दिइएकाे छ ।
कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा आरटी पीसीआर विधिबाट परीक्षण गरेकाे थियाे ।
विभागका अनुसार १६५० लेयर्स कुखुरा, ५० परेवा, ४२०० अण्डा, ११५० केजीदाना र ४००० गोटा अण्डाको क्रेट नष्ट गरिएकाे छ ।
‘एच फाइभ एन वान’ भाइरस निकै संक्रामक मानिन्छ । जसको संक्रमणले नेपालमा पहिलोपटक १५ चैत २०७५ मा काभ्रेका एक युवककाे मृत्यु भएको थियो ।





















