काठमाडाैं । गायक दुर्गेश थापाको नयाँ गीत ‘पैसा’ पनि विवादमा तानिएकाे छ । गीतमा आपत्तिजनक र छाडा शब्दसमेत प्रयोग गरिएकाे भन्दै वैज्ञानिक समाजवादी महिला संगठनले प्रशारणमा प्रतिबन्ध लगाउन माग गरेकाे छ ।
रक शैलीमा तयार गीतमा दुर्गेशले ‘पैसा’ लाई सर्वोपरी रुपमा प्रस्तुत गरेका छन् । ‘अर्धनग्न महिलाकाे शरीरलाई पैसासँग जाेडेर अश्लिल तरिकाले प्रदर्शन गरेर महिलाकाे वस्तुकरण गरिएकाे छ,’ संगठनका संयाेजक धनकुमार सुनारद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ, ‘ कलाकारले प्रयाेग गर्ने शव्द, भेषभुषा र प्रस्तूतिले समाजमा अल्पकालीन र दीर्घकालीन असर पार्दछ ।’
‘पैसा’म्युजिक भिडियाे प्रशारण तत्काल बन्द गर्न पनि माग गरिएकाे छ ।