काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले कोरोना भाइरस संक्रमण जोखिमलाई मध्यनजर गर्दै सबै संकायका वार्षिक र सेमेस्टर प्रणालीका परीक्षा स्थगित गरेको छ ।
परीक्षा नियन्त्रक प्रा. मोहन बहादुर बस्नेतले शुक्रबार सूचना जारी गरेर पूर्व प्रकाशित परीक्षा तालिकाअनुसार सबै संकायअन्तर्गत विभिन्न शैक्षिक कार्यक्रम (वर्ष-सेमेष्टर) का सञ्चालनमा रहेका र सञ्चालन हुन बाँकी परीक्षाहरू स्थगित गरिएको जानकारी दिएका हुन् ।
उनका अनुसार ९ माघदेखि माघ मसान्तसम्मका सबै परीक्षा स्थगित गरिएको हो ।
सार्वजनिक सूचना
पूर्वाञ्चल विश्वविद्यालयद्वारा पूर्व प्रकाशित परीक्षा तालिका अनुसार सवै संकाय अन्तर्गत विभिन्न शैक्षिक कार्यक्रम (बर्ष-सेमेष्टर) का सञ्चालनमा रहेका र सञ्चालन हुन बाँकी परीक्षाहरू विश्वव्यापी रूपमा फैलिएको ओमिक्रोन भेरिएण्टको तीब्र संक्रमणका कारण जोखिम बढेको हुँदा मिति २०७८/१०/०९ गतेदेखि २०७८ माघ मसान्तसम्मका सम्पूर्ण परीक्षाहरू स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
प्रा. मोहनबहादुर बस्नेत
परीक्षा नियन्त्रक




















