Margadarsan


  • धादिङमा बाटो खन्दै गर्दा पहिरो : तीन जना बेपत्ता,  डोजर पनि पुरियो

    मार्गदर्शन २९ पुष २०७८, बिहीबार

    धादिङ । धादिङमा बाटो खन्ने क्रममा पहिरो खस्दा तीन जना बेपत्ता भएका छन् । रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा डोजर पनि पुरिएको जिल्ला प्रहरी कार्यालयका एसपी राकेश सिंहले जानकारी दिए ।

    सिंहका अनुसार चालक, सहचालयक र उपभोक्ता समितिका एक जना बेपत्ता रहेको प्रारम्भिक जानकारी आए पनि विस्तृत विवरण आइसकेको छैन ।

    खोज र उद्धारका प्रहरी टोली परिचालन भएको छ ।

    फेसबुक प्रतिक्रिया