मुम्बई । बलिउड अभिनेता अक्षय कुमारको हिट फिल्म ‘राउडी राठौर’को सिक्वेल बन्ने भएको छ । फिल्म ‘बाहुबली’का लेखक केवी विजयेन्द्र प्रसादले यसको पुष्टि गरेका छन् । उनी आफैं यसको सिक्वेल लेखिरहेका छन् ।
उनका अनुसार सञ्जयलीला भन्सालीले उनलाई सिक्वेल लेख्नका लागि प्रस्ताव गरेका थिए । उनले नै यसको ओरिजिनल तेलुगू फिल्मको कथा लेखेका हुन् । तर सिक्वेलको कथा भने केवल हिन्दी भर्सनलाई मात्र हुनेछ ।
फिल्मको सिक्वेलमा अघिल्लो सिरिजका अभिनेता अक्षय कुमार र अभिनेत्री सोनाक्षी सिन्हा नै दोहोरिनेछन् । दुवैको ‘शिवा’ र ‘पारो’ नै नाम हुनेछ, जुन अघिल्लो फिल्ममा थियो । फिल्मको कथा भने अघिल्लो फिल्मको अन्त्यबाट हुने छैन । किनकि सिक्वेलको कथा अलग हुनेछ । फिल्मको छायांकन सन् २०२२ बाटै सुरु हुनेछ ।