यांगुन । बर्माकी नेतृ आङ सान सुकीलाई चार वर्ष जेल सजाय ताेकिएकाे छ । म्यानमारकाे सैनिक सरकारले नेतृ सुकीलाई साेमबार चार वर्ष जेल सजाय सुनाएकाे हाे । उहाँ एक वर्षदेखि घरमै नजरबन्दमा हुनुहुन्थ्यो ।
उहाँमाथि असन्तुष्ट समूहलाई उक्साएकाे र राष्ट्रिय विपद् कानुनअन्तर्गत सरकारले जारी गरेकाे काेभिड नियम उल्लंघन गरेकाे अभियाेग लगाइएकाे छ । यसबाहेक उहाँविरुद्ध ११ अाराेप लगाइएकाे छ । सुकीले अाफूमाथि लगाइएका सबै अाराेप अस्वीकार गर्दै आउनुभएको थियो ।
फेब्रुवरीमा सेनाले कु गर्नुअघि ७६ वर्षीया सुकीले नागरिक सरकारकाे नेतृत्व गर्नुभएको थियो । निर्वाचनमा व्यापक धाँधली गरेकाे सेनाले अाराेप लगाउँदै अाएकाे छ ।
सरकार अपदस्थ गरेपछि उहाँलाई सेनाले घरमै नजरबन्दमा राखेर विभिन्न अाराेपमा मुद्दा लगाउँदै अाएकाे थियाे ।