काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र मित्रराष्ट्र स्विट्जरल्याण्डका राजदूत एजिजावेथ भन क्यापेलर वासवाडबीच आज जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको विज्ञप्तिमा जनाइएको छ ।



















