आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटनाः
बर्लिनको पर्खाल ढलेको २०औं वार्षिकी
बर्लिनको पर्खाल ढलेको २०औं बार्षिकीको अवसरमा सन् २००९ को ९ अक्टोबर अर्थात् आजको दिन जर्मन चान्सलर एंगेला मर्केल, सोभियत युनियनका अन्तिम अध्यक्ष मिखाइल गोर्भाचेभ, पोल्यान्डका पूर्वराष्ट्रपति तथा नोबेल शान्ति पुरस्कार विजेता लेच वालेसा बर्लिनको ब्रान्डेनवर्ग गेटमा सँगै हिडेर पर्खाल ढलेको २०औ वार्षिकी मनाउनुभएको थियो ।
सानो उमेरमा विश्व चेस च्याम्पियन
सन् १९८५ मा रसियाका गारे कास्पारोभ सानो उमेरमै विश्व चेस च्याम्पियन बन्ने पहिलो व्यक्ति बन्नुभएको थियो । १३ औं विश्व चेस च्याम्पियनमा २२ वर्षीय कास्पारोभले एनाटोली कारपोभलाई पराजित गरी सानो उमेरमा नै विश्व च्याम्पियन बन्न सफल हुनुभएको थियो ।
रोलिङ स्टोन म्यागेजिनको प्रकाशन
सन् १९६७ को ९ अक्टोबर अर्थात आजकै दिन अमेरिकाको प्रसिद्ध सांस्कृतिक म्यागेजिन रोलिङ स्टोन प्रकाशित भएको थियो । सातामा दुई पटक प्रकाशित हुने सो म्यागेजिनको स्थापना अमेरिकाको सानफ्रान्सिस्कोस्थित ज्यान सिमोन वेनरले गर्नुभएको थियो । म्यागेजिनले विश्वका प्रसिद्ध लेखकहरुको करिअर बारेमा रोचक जानकारी दिएको थियो ।
यहुदीमाथि नाजीको जातीय नरसंहार
सन् १९३८ मा जर्मनमा नाजी पार्टीमा आबद्ध लडाकु समूहले जर्मनी र अस्ट्रियाका यहुदीमाथि जातीय नरसंहार गरेका थिए । नाजीले यहुदी व्यापरी, धर्मगुरु र अन्य सर्वसाधारणको खोजी खोजी हत्या गरेका थिए । उनीहरु यहुदीको धार्मिक स्थलमा समेत प्रवेश गरेका थिए । नाजीको शृंखलाबद्ध हमलामा ७० यहुदीको हत्या हुनुका साथै ३० हजारलाई पक्राउ गरिएको थियो । उनीहरुलाई पक्राउ गरी कारागारमा राखिएको कार्यलाई नाइट अफ ब्रोकन ग्लास भनिन्छ ।
























