काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा १४७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट १  हजार ७७३ जनामा परिक्षण गर्दा १४७ जना कोरोना संक्रमित थपिएका हुन् ।

यस्तै, आज थप ८४५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ५९८ रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार २७८ पुगेको मन्त्रालयले जनाएको छ ।