काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३६५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट ५ हजार ५९४ जनामा परिक्षण गर्दा ३६५ जना कोरोना संक्रमित थपिएका हुन् ।

यस्तै, आज थप ६०९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार २६७ रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार २६१ पुगेको मन्त्रालयले जनाएको छ ।