Margadarsan


  • राष्ट्रपति भण्डारीले आज उपत्यकाका शक्तिपीठहरूको दर्शन गर्नुहुने

    मार्गदर्शन २७ आश्विन २०७८, बुधबार

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार काठमाडौँ उपत्यकाका शक्तिपीठहरूको दर्शन गर्नुहुने भएको छ ।

    बडादसैँका महाअष्टमीको दिन पारेर बुधबार राष्ट्रपति भण्डारीले शक्तिपीठहरूको दर्शन गर्न  लाग्नुभएको हो । उहाँले बुधबार अपरान्ह ४ बजेबाट शक्तिपीठहरूको दर्शन गर्ने समय तालिका रहेको छ ।

    राष्ट्रपति भण्डारीले नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, महांकाल, संकटा, नरदेवी इन्द्रायणी र शोभा भगवतीको दर्शन गर्न लाग्नुभएको छ ।

    फेसबुक प्रतिक्रिया