काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७९२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट ९ हजार ६१९ जनामा परिक्षण गर्दा ७९२ जनामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै, आज थप ९१० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ५५४ रहेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार २५७ पुगेको मन्त्रालयले जनाएको छ ।