चितवन  । यहाँ नेकपा माओवादी केन्द्रका दर्जनौँ कार्यकर्ता माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल चितवन पुगेकै दिन माओवादी कार्यकर्ताहरुले भने पार्टी छोडेका हुन् ।

नेकपा माओवादीका जिल्ला सदस्यहरु एकपछि अर्को गर्दै एमाले प्रवेश गरिरहेका बेला शनिवार राप्ती नगरपालिकामा विभिन्न पार्टी परित्याग गरी ४५ जना कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

एमाले पार्टी प्रवेश गर्नेहरुमा नेकपा माओवादी क्रान्तीकारी जिल्ला उपाध्यक्ष, नेकपा माओवादी केन्द्रका नेता, वाईसियल,एकिकृत समाजवादीका वडा सदस्यहरु ,नेपाली काग्रेशका कार्यकर्ता रहेका छन् ।

नेकपा एमाले राप्ती वडा नम्वर २ वडा कमिटिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँहरु एमाले प्रवेश गर्नुभएको हो ।

एमाले प्रवेश गर्नेहरुमा नेकपा माओवादी क्रान्तीकारी जिल्ला उपाध्यक्ष शिवराज कडेंल,राप्ती २ वाईसियल सहइन्चार्र्ज सागर चाम्लिङ राई, एकिकृत समाजवादीका वडा नम्वर २ युवा संघ अध्यक्ष यहुन्ना स्यानतान, नेकपा माओवादी केन्द्र राप्ती २ वडा सदस्य राजन घिमिरे र सुरज विश्वकर्मा, समावादीका वडा सदस्यहरु पुकार राई, पवन राई,प्रसुन राई, का‌ंग्रेस प्रतिनिधि रमा उप्रेती वन्जारालगायत हुनुहुन्छ ।

उहाँहरुलाई नेकपा एमाले स्थायी कमिटि सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, नेकपा एमाले बागमती प्रदेश कमिटि सदस्य एवं पूर्व मन्त्री दावा लामाले टिका लगाएर पार्टीमा स्वागत गर्नुभयो । वडा कमिटि अध्यक्ष दुर्गा वहादुर सारुको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटि सदस्यहरु इमानसिंह लामा, गोविन्द कँडेल, प्रभा बराल, श्यामलाल विश्वकर्मा, राप्ती २ वडाध्यक्ष श्यामसुन्दर उप्रेती, युवा नेता कमल पाठक, महिला नेतृहरु पुष्पा कुँवर, दिलकुमारी थिङ,आईतीमाया दराई, युवानेता निर्देशन त्रिपाठीलगायतको उपस्थिति रहेको एमालेले जनाएको छ ।