काठमाडौं । बेलायतले नेपाललाई यात्रा प्रतिबन्धको रातो सूची अर्थात् रेड लिस्टबाट हटाएको छ । कोरोना भाइरसको महामारीका कारण बेलायतले नेपालसहित विभिन्न मुलुकका नागरिकलाई आफ्नो (बेलायत) यात्रामा कडा नियम लागू गरेको थियो ।
नेपालमा कोरोना संक्रमण घट्नुका साथै खोपको उपलब्धता बढ्न थालेपछि बेलायत सरकारले आगामी सोमबारबाट लागू हुने गरी रातो सूचीबाट हटाएको हो ।
अब बेलायत जाने विद्यार्थी तथा अन्य यात्रुले क्वारेन्टाइनका नाममा ठूलो धनराशि खर्चनुपर्दैन । नेपालका लागि ब्रिटिश राजदूतले पनि नेपाल रातोसूचीबाट हटेको जानकारी सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।
अब पानामा, कोलम्बिया, भेनेजुएला, पेरु, इक्वेडर, हेइटी र डोमिनिक रिपब्लिकसहित सातवटा देशमात्र रातो सूचीमा छन् ।




















