काठमाडौं । नेपालमा गत २४ घण्टामा १ हजार ३० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट १० हजार ८७४ जनामा परीक्षण गर्दा १ हजार ३० जना कोरोना संक्रमित थपिएका हुन् ।

यसैगरी आज थप १ हजार जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । हाल देशभर सक्रिय  संक्रमितको संख्या १६ हजार ६०६ रहेको छ ।

त्यसैगरी विगत २४ घण्टामा संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार १७४ पुगेको मन्त्रालयले जनाएको छ ।