काठमाडौं । नेपालमा विगत २४ घण्टामा ६७९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०७० पीसीआर परीक्षणमा ५७४ र ३८५० एन्टिजेन परीक्षणमा १०५ जना गरी ६७९ जना कोरोना संक्रमित थपिएका हुन् ।
त्यसैगरी विगत २४ घण्टामा १४०५ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ८०४ रहेको छ । जसमध्ये १५ हजार ५३४ जना होम आइसोलेसनमा र १२७० जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।



















