काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८६७ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् ।
देशभरका प्रयोगशालामा ५५९८ नमुनाको पीसीआर टेष्ट गर्दा ६५९ जना र २६२१ जनाको एन्टीजेन टेष्ट गर्दा २०८ जना संक्रमित थपिएका हुन् ।
त्यसैगरी पछिल्लो चौबीस घण्टामा ११२३ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर १७ हजार ६४२ जना सक्रिय संक्रमित छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १५७ पुगेको मन्त्रालयले जनाएको छ ।



















