काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १५८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । जम्मा १४ हजार ३ को कोरोना परीक्षण गरिएकोमा पीसीआर विधिबाट ९०४ र एन्टिजेन विधिबाट २५४ जना कोरोना संक्रमित थपिएका हुन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ११५ पुगेको छ ।
त्यस्तै आज थप १ हजार ३१८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म कोरोनामुक्त हुनेको संख्या सात लाख ६३ हजार ७३४ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमित १८ हजार ४२२ रहेका छन् ।
जसमध्ये १७ हजार १२५ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार २९७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३६४ जना आईसीयू र १२० जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका १४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ७८ जना कोरोना संक्रमित थपिएका मन्त्रालयले जनाएको छ ।



















