काठमाडौं । गाईजात्रा पर्वको अवसरमा आयोजित कार्यक्रममा ख्यातिप्राप्त हाँस्य कलाकारहरुले देशको पछिल्लो घटना र सन्दर्भलाई लिएर झटोरो हानेका छन् ।
रिपोर्टर्स क्लब नेपालमा सोमबार आयोजित गाइजात्रा विशेष साक्षात्कारमा उनीहरुले नेतादेखि कर्मचारीसम्मलाई व्यङ्ग्यमार्फत् झटारो हानेका छन् ।
हाँस्यकलाकारहरुले नेताका व्यवहार, शैली र प्रवृतिलाई आफ्नो व्यङग्यका निसाना बनाएका छन् । कलाकारहरुले देशमा भएका भ्रष्टाचार, बलात्कार, ठगी र सामाजिक संजालमाथिका विसंगतीहरुलाई समेट्दै नेताहरुकै आवाजमा व्यङग्य प्रस्तुत गरे । सरकारको नेतृत्व गरिरहेका नेताहरुलक्षित गरेर गाइजात्रा विशेष व्यङग्य प्रस्तुत गरेका थिए ।
वरिष्ठ हास्य कलाकार शैलेन्द्र सिम्खडाले आफुले २०३७ सालदेखि गाईजात्रामा सहभागी भैरहेको स्मरण गराउनुभयो । उहाले देशको ३ जनाको मिलेमतोमा संविधान ल्याएको र बाँडीचुँडी देश खाएको भन्दै तिखो व्यङग्य प्रस्तुत गर्नुभयो ।
हाँस्यकलाकार किरण केसीले आफ्नै साथी स्वर्गीय रामशरण नेपालीलाई सम्झेर ‘सेती खोला चाइनोजो…’ गीत प्रस्तुत गर्नुभएको थियो ।
हाँस्यकलाकार दमन रुपाखेतीले जति गाली गरेपनि नेताहरु कहिल्यै नसुध्रिने बताउनुभयो ।
यसैगरी, साक्षात्कार कार्यक्रममा हाँस्यकलाकार शिवशंकर रिजाल (जोगिन्दर)ले सबै नेपालीहरु एकिकृत हुनुपर्छ भन्दै कविता वाचन गर्नुभएको थियो । गाइजात्रा बिशेषमा हाँस्यकलाकार राजाराजेन्द्र पोखरेलले पछिल्लो समयको राजनितिक घट्नाक्रमको बारेमा व्यंग्य गर्नुभयो ।