काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्नुभएको छ । साथै उहाँले सुरक्षाकर्मी बाहेक आवास, गाडी र तलबभत्तालगायत सरकारी सेवा सुविधा नलिने घोषणासमेत गर्नुभयो ।
मन्त्री पदमा रहञ्जेल आफू संलग्न रहेको व्यावसायिक संस्थाबाट अलग हुने पनि उहाँले बताउनुभयो । शिक्षा, स्वास्थ्य, हाइड्रोलगायतमा लगानी गर्नुभएका श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले १० साउनमा स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । उहाँलाई नियुक्त गरिएपछि चौतर्फी विरोध भएको थियो ।