काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रभुराम शर्मालाई कायममुकायम प्रधान सेनापतिमा नियुक्त गर्नुभएको छ । उहाँले सरकारको सिफारिसमा शर्मालाई नियुक्त गर्नुभएको हो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले आइतबार जारी गरेको विज्ञप्तिमा बलाधिकृत रथी शर्मालाई सरकारले सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा ३ अनुसार सिफारिस गरेकोमा आइतबार त्यसलाई सदर गर्ने निर्णय लिएको बताउनुभएको छ ।
प्रधान सेनापति पूर्णचन्द्र थापाको तीन वर्षे कार्यकाल भदौ २४ बाट समाप्त हुने तथा उहाँ साउन २५ गतेबाट घर बिदामा बस्ने भएकाले राष्ट्रपतिले शर्मालाई कायममुकायम तोक्नुभएको हो । एक महिनापछि अर्थात् भदौ २६ गते शर्मा नै प्रधानसेनापति बन्नुहुनेछ ।