काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो ।
अध्यक्ष ओलीनिकट एक नेताका अनुसार विघटित कार्यदलले पार्टीको दुई पक्षबीच सहमति जुटाउन पहल गरिरहेको सहमतिका लागि केही समय मागेपछि बैठक स्थगित गरिएको हो ।
विघटित कार्यदलको बैठक शनिबार बिहान बसेको थियो । कार्यदलका नेताहरुले सहमतिका लागि समय दिनुस् भनेपछि बैठक स्थगित गरिएको बताइएको छ ।