काठमाडौँ । नेकपा एमालेको माधव नेपाल पक्षले आज काठमाडौँमा अखिल युथ फोर्सको बृहत् भेला आयोजना गर्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले युथ फोर्स गठन गरेपछि अखिल फोर्स गठन गरेको नेपाल पक्षले आज त्यसको राष्ट्रिय भेला गर्न लागेको हो ।
बबरमहलस्थित कार्की पार्टी प्यालेसमा दिउँसो १२ बजे हुने भेलामा नेता माधवकुमार नेपाल प्रमुख अतिथि रहने आयोजक अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) केन्द्रीय कमिटीले बताएको छ ।