काठमाडौँ । साहित्यकार भुवनहरि सिग्देलको नवीन कविताकृति “बहत्तर वसन्त” को विमोचन गरिएको छ ।
भानु जयन्तीको अवसरमा वरिष्ठ साहित्यकार नारायण ढकाल, विश्लेषक शंकर तिवारी, गजलकार बाबु त्रिपाठी, आख्यानकार शैलेन्द्र अधिकारी, तर्कना शर्मा र रङ्गकर्मीरडिजाइनर प्रकेश सिन्धुलीयले सामूहिकरूपमा पुस्तकको अनौपचारिक लोकार्पण गर्नुभयो ।
सो क्रममा विश्लेषक शंकर तिवारीले पुस्तकको पहिलो प्रति खरिद गरेर पुस्तक बजारमा पुगिसकेको बताउनुभयो ।
गद्य र पद्य दुवै विधामा समानरूपले कलम चलाउन सक्ने सिग्देलको “बहत्तर वसन्त” छत्तीसौँ कृति हो । शास्त्रीय छन्दमा सहज, स्वच्छन्द र रसदार कविता लेख्नु उहाँको मौलिक क्षमता हो ।
सिग्देलमा गुण र सौन्दर्य चेत, यथार्थपरक विषयको छनोट केन्द्रीय स्तरमा स्वच्छन्दतावादी भावधारा र मानवतावादी वैचारिकताको अभिव्यञ्जना गर्ने प्रवृत्ति पाइन्छ ।
छन्द कवितामा सिग्देल सिद्धहस्त रहेकाले “बहत्तर वसन्त” पुस्तक छन्द कविताप्रेमी, छन्द कविता सिकारु र छन्द साधकलाई अत्यन्तै उपयोगी रहने कुरा प्रकाशक पुष्पराज पौडेलले बताउनुभयो ।
शिखा बुक्सले प्रकाशन गरेको यस पुस्तकमा जम्मा ७२ वटा छन्द कविता रहेका छन् ।