कठमाडौं । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले काठमाडौ जिल्लामा चीनबाट प्राप्त भेरोसेल र अमेरिकाबाट प्राप्त जोन्सन एण्ड जोनसनको खोप लगाउन खोप केन्द्र निर्धारण गरेको छ । भेरोसेल खोप यही असार २९ गतेदेखि साउन २ गतेसम्म र जोन्सन एण्ड जोन्सनको खोप साउन ४ देखि ६ गतेसम्म तोकिएका केन्द्रहरूबाटै लगाउन पाइने जनाएको छ ।
भेरोसेल खोप ५५ वर्षमाथिका सबै विश्वविद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी तथा सार्वजनिक यातायातका कर्मचारीलाई प्राथमिकतामा राखेर लगाइने व्यवस्था गरेको छ । सो खोप लगाउन मंगलबारबाटै सुरू गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
त्यसैगरी अत्यावश्यक सेवामा कार्यरत खोप लगाउन बाँकी र खोप अनिवार्य गरिएका देशमा जाने नेपाली नागरिकलाई लगाइने स्वास्थ्य सेवा विभागले बताएको छ ।
जोन्सन एण्ड जोन्सनको खोप ५० देखि ५४ वर्ष उमेर समूहका पहिलो खोप लगाउन बाँकी सबै तथा पूर्ण र अति अशक्त, अपाङ्गता भएका नागरिक र नेपालमा रहेका शरणार्थीलाई लगाउने व्यवस्था गरिएको छ ।
हेर्नुहोस् तोकिएका खोप केन्द्रहरू



























