काठमाडौ । कंगोमा तैनाथ शान्ति सैनिक श्री नं. २४ फिल्ड गुल्म (ईञ्जिनियर्स) ले कंगोमा जीर्ण पुल मर्मत गरी हस्तान्तरण गरेको नेपाली सेनाले जनाएको छ ।
विगत लामो समयदेखि जिर्ण अवस्थामा रही स्थानियबासीहरुको आवत जावत तथा फौजसमेतलाई बाधा परिरहेकाले शारी नदी माथि रहेको बुडाना पुलको मर्मत कार्य गरिएको सेनाले जनाएको छ ।

मर्मत पश्चात असार १२ गते उक्त पुल समुदघाटन गरि स्थानीय सरकारलाई हस्तान्तरण गरिएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ “पुल MONUSCO Mission का DSRSG (Deputy Special Representative of the Secretary General) KHASSIM DIAGNE ले समुदघाटन गरि स्थानिय सरकारलाई हस्तान्तरण गर्नु भएको थियो । उक्त अवसरमा वहांले नेपाली Engineer कम्पनी तथा शान्ति स्थापना कार्यमा नेपाली सेनाले पुर्याएको योगदानको मुक्त कण्ठले प्रशंसा समेत गर्नु भएको थियो ।

उक्त क्षेत्रका स्थानिय बासिन्दाहरुलाई समय समयमा हतियारधारी समूहहरुले दु:ख दिने गरेको र जिर्ण अवस्थामा रहेको पुलको कारण MONUSCO लगायत अन्य स्थानिय फौज परिचालन गर्न कठीन रहेकोमा पुल मर्मत पश्चात स्थानिय बासिन्दाले सुरक्षित महशुस गरेको साथै उक्त क्षेत्रको व्यापारिक केन्द्र Bunia संगको व्यापारमा समेत सघाउ पुगेको हुंदा समग्रमा MONUSCO Mission तथा नेपाली शान्ति सैनिकहरु प्रति स्थानीयबासीहरु अझ बढी सकारात्मक भएको विश्वास गरिएको छ ।”




















