काठमाडौं । असार ७ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार पाइलट उपरथी दर्जामा पदोन्नति हुनु भएका पाइलट सहायक रथी आशिश नरसिंह राणालाई प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले आज जङ्गी अड्डामा आयोजित विशेष कार्यक्रमकाबीच दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।
पाइलट उपरथी दर्जामा पदोन्नति हुनु भएका राणालाई सैनिक हवाई महानिर्देशनालयको महानिर्देशकमा पदस्थापन गरिएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।





















