काठमाडौं । नेपालको सुदूरपश्चिमको पहाडी क्षेत्रमा प्रचलित कुप्रथा ‘छाउपडी’को विषयस्तुमा आधारित नेपाली चलचित्र ‘टालो’को निर्माण भएको छ । रीम विश्वकर्माको कथा र दीपक श्रेष्ठको पटकथा, निर्देशन र सम्पादन रहेको यस चलचित्रमा रीम विश्वकर्मा, अन्जली खड्का, प्रेमदेव गिरी, सुशिला सिंजापती, सुशिला सिं, उदय बिके, गगन बिके, एलिशा बादी, सम्झना बादी, खगेन्द्र केपी, भुपेश सोनीलगायतका कलाकारको अभिनय रहेको ।
छाउपडी जस्तो कुप्रथालाई जरैदेखि समाप्त पार्न सहयोग पु-याउने उद्देश्यले यो चलचित्र निर्माण गरिएको निर्मातासमेत रहेका रीम विश्वकर्माले बताउनुभयो ।
निहारिका फिल्म प्रालीको ब्यानरमा बनेको यस चत्रचित्रमा छायाँकन योगेश शाक्य, नृत्य खगेन्द्र हिमाल, संगीत नरेश पाण्डे, द्वन्द्व उत्तम रिमालको रहेको छ ।
केही दिनअगाडि युट्युवबाट यो चलचित्र सार्वजनिक गरिएको थियो ।