काठमाडौँ । संसारभर लोकप्रिय बनेको एप टिकटक अहिले नेपालमा पनि निकै प्रयोग हुन्छ । यो एप विशेषगरी युवापुस्तामाझ निकै लोकप्रिय बनेको छ । टिकटक एप सञ्चालन गर्ने कम्पनीको बाइटडान्सको कमाइ वर्ष २०२० मा दुई गुणाले बढेको छ । कर्मचारीहरू माझ जारी ज्ञापनपत्रका अनुसार कम्पनीको कुल आम्दानी एक सय एघार प्रतिशतले वृद्धि भएर ३४ अर्ब डलरभन्दा बढी भएको हो ।
बाइटडान्स र अन्य चिनियाँ प्राविधिक कम्पनीलाई सरकार र अन्य निकायले आम्दानी सार्वजनिक गर्न दबाब दिएको थियो । बाइटडान्सको वार्षिक नाफा रकम ९३ प्रतिशतले बढेर १९ अर्ब डलर भएको छ । सार्वजनिक तथ्यांकहरूले टिकटकको लोकप्रियता निरन्तर बढेको देखाएका छन् ।