काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले रुसका आफ्ना समकक्षी भ्लादमिर पुटिनलाई कोरोना विरुद्धको खोप नेपाली नागरिकलाई उपलब्ध गराइदिन पत्राचार गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले रुसका राष्ट्रपति पुटिनलाई पत्राचार गर्दै नेपाललाई कोरोना विरुद्धको खोप सहजीकरण गरिदिनका निम्ति आग्रह गर्नुभएको हो ।
उहाँले परराष्ट्र मन्त्रालय मार्फत रुसी राष्ट्रपति पुटिनलाई पत्राचार गर्दै रुसले उत्पादन गरेको कोरोना विरुद्धको ुस्पुतनिक–५ु खोप सहयोग गर्न अनुरोध गर्नुभएको बताइएको छ ।
राष्ट्रपति भण्डारीले यस अघि भारतीय र अमेरिकी राष्ट्रपतिलाई खोपको लागि अनुरोध गरिसक्नु भएको छ भने चिनियाँ राष्ट्रपतिसँग टेलिफोन वार्ता गर्दै खोप उपलव्धगराइदिन आग्रह गर्नु भएको थियो । राष्ट्रपतिको आग्रहमा चीनले १० लाख डोज खोप निशुल्क उपलव्ध गराउने घोषणा गरिकेको छ ।



















