काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा भाषणमार्फत् सबै नागरिकलाई कोभिड–१९ विरुद्ध चाँड निःशुल्क खोप उपलब्ध गराउने स्पष्ट गर्नुभएको छ । अहिले सार्वजनिक भइरहेको उक्त बजेटमा खोपका लागि रु २६ अर्ब ७५ करोड रकम विनियोजन गरिएको छ । जनताको जीवन रक्षा गर्नु सरकारको मुख्य लक्ष्य भएको अर्थमन्त्री पौडेलले बजेटको प्राथमिकतामा उल्लेख गर्नुभएको छ ।
सरकारले यसअघि भारतबाट नेपाली सेनाको समेत गरी ११ लाख र चीनबाट अनुदानमा आठ लाख मात्रा खोप ल्याइसकेको छ । यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना चिनियाँ समकक्षी सि चीन फिङसँग गर्नुभएको टेलिफोन वार्तापछि थप १० लाख मात्र खोप प्राप्त हुने भएको छ ।




















