काठमाडौं । नेपालमा गएको २४ घण्टामा संक्रमित भन्दा संक्रमणबाट निको हुनेको संख्या बढी देखिएको छ । यो अवधिमा ६ हजार ९३९ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ७ हजार २२६ जना संक्रमणमुक्त भएका छन्।
त्यस्तै आज १०६ जनाको ज्यान गएको छ। यो संँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ९५१ पुगेको छ।
नेपालमा आजसम्म ५ लाख ४२ हजार २५६ जना संक्रमित भएका छन् भने ४ लाख १८ हजार ८२९ जना संक्रमणमुक्त भएका छन् ।



















