काठमाडौं । पछिल्लो २४ घण्टामा ७ हजार ९१४ जनामा संक्रमण पुष्टि भएको छ भने ७ हजार ६६४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १९३ जनाको मृत्यु भएको छ ।
देशभरका प्रयोगशालामा २४ घण्टामा १८ हजार ९६५ पीसीआर टेष्ट गर्दा ७ हजार ५९८ र ९३१ एन्टिजेन टेष्ट गर्दा ३१६ जना संक्रमण पुष्टि भएको हो ।
आज थपिएका संक्रमितहरुमा २ हजार ८२१ काठमाडौं उपत्यकाका हुन । जसमा काठमाडौंका १७८१, ललितपुरका ६९४ र भक्तपुरका ३६६ जना छन् ।
थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या पाँच लाख १३ हजार २४१ जना पुगेको छ । जसमध्ये तीन लाख ९१ हजार ३४८ निको भएका छन् ।
त्यस्तै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ३४६ पुगेको छ ।



















